जापानी परराष्ट्रमन्त्री नेपाल आउने

१ हप्ता अगाडि

काठमाडौँ - जापानी परराष्ट्रमन्त्री खामिखावा योको वैशाख २३ गते नेपाल भ्रमणमा आउदैँ छिन् । जापानको विदेश मन्त्रालयले सूचना निकालेर खामिखावाले आउँदो  वैशाख २३ गते नेपाल भ्रमण गर्ने जानकारी दिएको हो ।

परराष्ट्रमन्त्री खामिखावा मे ४ तारिखमा श्रीलङ्काको राजधानी कोलम्बो पुग्ने कार्यतालिका छ । श्रीलङ्काबाट मे ५ तारिखमा नेपालको सङ्घीय राजधानी काठमाडौँमा अवतरण गर्ने जापानको विदेश मन्त्रालयले निकालेको सूचनामा उल्लेख छ । परराष्ट्रमन्त्री खामिखावाले नेपालका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवर्ता गर्ने कार्यक्रम तय भएको छ ।

१ हप्ता अगाडि

प्रतिक्रिया