बझाङमा पनि मतगणना सुरू

२ हप्ता अगाडि

काठमाडौँ - बझाङ प्रदेशसभा- १ मा भएको उपनिर्वाचनको मतगणना सुरू भएको छ ।

छविसपाथिभेरा गाउँपालिका- १ र २ बाट गणना थालिएको हो । शनिबार सम्पन्न उपनिर्वाचनमा यहाँ ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान भएको थियो । यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार मैदानमा छन् ।
 

२ हप्ता अगाडि

प्रतिक्रिया