नाइजेरियामा दादुरा सङ्क्रमणले १९ बालबालिकाको मृत्यु

२ हप्ता अगाडि

काठमाडौँ - नाइजेरियामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।

उत्तरी स्थानीय क्षेत्र मुबीमा दादुराको प्रकोपबाट दुई सयभन्दा बढी बालबालिका प्रभावित भएको आशङ्का गरिएको  छ । दादुराको प्रकोपबाट हुने जटिलताका कारण १९ जनाको मृत्यु भएको  छ । दादुरा पाँच वर्ष मुनिका बालबालिकामा हुने भाइरल संक्रमण हो तर खोपद्वारा सजिलै रोकथाम गर्न सकिन्छ । खोक्दा वा हाछ्युँ गर्दा निस्कने श्वासप्रश्वासका थोपाहरूबाट यो हावामा फैलिन्छ ।

२ हप्ता अगाडि

प्रतिक्रिया