झाडा पखालाबाट २९ जना बिरामी, सात जनाको अवस्था गम्भीर

आइतबार, ३० बैशाख २०८१, १३ : ४२

काठमाडौँ-  बाँकेमा एक्कासि फैलिएको झाडा पखालाबाट गाउँका २९ जना बिरामी परेका छन् ।

 जिल्लाको राप्तीसोनारी गाउँपालिका–१ खोकरी कुसुममा एक्कासी फैलिएको झाडा पखाला पखालाबाट २९ जना बिरामी परेका हुन् । । स्वास्थ्य कार्यालय बाँकेका अनुसार बिरामीमध्ये सात जनाको अवस्था गम्भीर रहेको छ । झाडापखाला फैलिएको जानकारी आउनसाथ स्वास्थ्य चौकीबाट पाँच जना स्वास्थ्यकर्मीको टोली परिचालन गरी उपचार भइरहेको कुसुम स्वास्थ्य चौकी इञ्चार्ज ले बताए । 

पानी शुद्धीकरण गर्ने औषधि तथा पखालाका अन्य औषधिसहित स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको स्वास्थ्य शाखाले जनाएको छ । अत्यधिक गर्मी, दूषित पानी र खानेपानीमा केही गडबडी भएकाले सो गाउँमा झाडापखाला फैलिएको जनाइएको छ । झाडापखाला लागेका बिरामीको अवस्था सुधार हुँदै गएको भन्दै जिल्लाबाट प्रभावित क्षेत्रमा थप स्वास्थ्यकर्मी औषधिसहित परिचालन गर्ने तयारी भइरहेको स्वास्थ्य कार्यालयले बतायो ।  

आइतबार, ३० बैशाख २०८१, १३ : ४२

प्रतिक्रिया