राष्ट्रियसभा सदस्य अन्जान शाक्यले लिईन शपथ

२ हप्ता अगाडि

काठमाडौँ- राष्ट्रियसभा सदस्य अन्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छन् । आइतबार संघीय संसद् सचिवालयको कृषि तथा प्राकृतिक स्रोत समितिको हलमा राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले शपथ गराएका हुन । 

मनोनीत कोटा अन्तरगत शाक्य राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा गत चैत ६ गते मनोनीत भएकी थिइन् ।  गत चैत ३० गते सरकारले शाक्यलाई मनोनीत गर्न  राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो । राष्ट्रिय सभामा रहेका  ३ जना मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ । एमाले विदेश विभाग सदस्य शाक्य इजरायलका लागि पूर्वनेपाली राजदूतसमेत हुन् ।

२ हप्ता अगाडि

प्रतिक्रिया