इलाम–२ मा खड्का र नेम्वाङबिच प्रतिस्पर्धा

२ हप्ता अगाडि

काठमाडौँ - इलाम–२ मा  नेकपा एमालेका उम्मेदवार र कांग्रेसका उम्मेदवारबिच प्रतिस्पर्धा देखिएको छ । 

आइतबार अपराह्नको मतपरिणामअनुसार कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले ११५५ मतसहित अग्रता लिएका छन् । यस्तै नेकपा एमालेका सुहाङ नेम्वाङले १०७२ मत पाएका छन् । मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले भन्दा रास्वपाका उम्मेदवार मिलन लिम्बुले कम मत ल्याएका छन् । डकेन्द्रले ३१३ मत पाउँदा मिलनले २११ मत पाएर चौथो स्थान हासिल गरेका छन् । यस्तै हालसम्म २ हजार ८०६ मत गणना हुँदा स्वतन्त्र उम्मेदवार धनराज राना मगरले शून्य मतमात्रै पाएका छन् । 


 

२ हप्ता अगाडि

प्रतिक्रिया