लामिछानेको मुद्दामा सुनुवाइ भएन

२ हप्ता अगाडि

काठमाडौँ - क्रिकेटर सन्दीप लामिछाने संलग्न रहेको बलात्कार सम्बन्धी मुद्दामा उच्च अदालत पाटनमा आज पेसी तोकिए पनि सुनुवाइ हुन सकेन ।

न्यायाधीशद्वय धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको थियो । तर इजलासले उक्त मुद्दालाई ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ । काठमाडौँ जिल्ला अदालतले कसुरदार ठहर गरेपछि सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका हुन् । 
 

२ हप्ता अगाडि

प्रतिक्रिया