हवाई टिकट मिलाइदिने भन्दै ठग्ने युवती पक्राउ

२ हप्ता अगाडि

काठमाडौँ - फेसबुक मार्फत सम्पर्क गरी हवाई टिकट मिलाई दिने भन्दै ठगी गर्ने एक युवती पक्राउ परेकी छन् । पक्राउ पर्नेमा काठमाडौँको तारकेश्वर नगरपालिका वडा नं. ५ बस्ने सुनिता लामिछाने रहेकी छिन् । 

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टीलीले पक्राउ गरेको हो । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत विभिन्न व्यक्तिलाई सम्पर्क गरी हवाई टिकट मिलाई दिने  भनि ठगी गर्ने उजुरी परेपछि खोजतलासका क्रममा काठमाडौँको गोकर्णेश्वरस्थित नमुना बस्तीबाट प्रहरीले पक्राउ गरेको हो । उनले बागबजारमा झोइन्ट भिजन ट्राभल्स एण्ड टुर्स  सञ्चालन गर्दै आएको खुलेको छ । उनलाई अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । 

२ हप्ता अगाडि

प्रतिक्रिया