फुपूकी छोरीको हत्या गरी फरार रहेका अभियुक्त नौ वर्षपछि पक्राउ

२ हप्ता अगाडि

काठमाडौँ - राति फोनमा ठुलो स्वरमा बोलेको भन्दै आफ्नै फुपूकी छोरीको हत्या गरी फरार रहेका म्याग्दीका समरबहादुर सार्कीलाई प्रहरीले नौ वर्षपछि पक्राउ गरेको छ । कीर्तिपुरस्थित कृषि कार्यालयमा जेटिए २३ वर्षीया सुनमाया किसान (सार्की)को हत्या गरी फरार समरलाई पक्राउ गरी उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार सार्वजनिक गरेको हो । 

कीर्तिपुर कृषि कार्यालयमा जेटिएको रुपमा कार्यरत रहेकी उनको कोठामा मामाका छोरा समरबहादुर सार्की २०७१ साल असोज ३१ गते बुबा भेट्न आएका थिए । सोही राती खाना खाएर सुत्ने तरखरमा रहँदा सुनमायाले फोनमा ठुलो आवाजमा कुरा गरेपछि भएको विवादका क्रममा उनको हत्या  गरेर नजिकैको शौचालयमा पुर्‍याएर समर भागेको खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालयकी डीएसपी सुरक्षा केसीले बताइन । 

सुनमायाको हत्यापश्चात् समर भारततर्फ भागेका थिए । केही दिनअघि तौथलीमा बाबुलाई भेट्न आउँदा उनलाई प्रहरीले पक्राउ गरेको हो ।  उनीमाथि कारबाहीका लागि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

२ हप्ता अगाडि

प्रतिक्रिया