नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

२ हप्ता अगाडि

काठमाडाैं- हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहेको छ। महाशाखाले सोमबार बिहान जारी गरेको बुलेटिन अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत  देशको पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

दिउँसो कोशी, गण्डकी, कर्णाली र  सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ। त्यस्तै देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक(दुई स्थानमा हल्का तथा लुम्बिनी , मधेश र कोशी प्रदेशका केही र बाँकी भू(भागको थोरै स्थानहरूमा हावा(हुरीको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।


महाशाखाका अनुसार आज राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक(दुई स्थानमा राति पनि मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको  सम्भावना रहेको बुलेटिनमा उल्लेख छ। त्यस्तै कोशी,  गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ भने साथै लुम्बिनी र कोशी प्रदेशका केही स्थानहरू र बाँकी भू(भागको थोरै स्थानहरूमा राति पनि हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।

२ हप्ता अगाडि

प्रतिक्रिया