घटाएको नयाँ ब्राेकर कमिशन आजदेखि लागू हुँदै

मंगलबार, ०१ जेठ २०८१, ०७ : ५९

काठमाडाैँ - धितोपत्र बोर्डले सेयर कारोबारमा लिइँदै आएको ब्रोकर कमिसन १० प्रतिशतले घटाएको छ । घटाएको नयाँ कमिशन आजदेखि लागू हुँदैछ । बोर्डले ब्रोकर कमिशन १० प्रतिशतले घटाएको छ । अब संगठित संस्थाको सेयरको प्रत्येक खरिद तथा बिक्री कारोबारमा धितोपत्र दलाली वापत लिन पाउने सेवा शुल्क ५० हजार रुपैयाँ सम्मको कारोवारमा ०.३६ कमिशन लाग्ने छ ।

यस्तै ५० हजार भन्दा माथि ५ लाख सम्मको कारोवारमा ०.३३ प्रतिशत कमिशन लाग्ने छ । ५ लाखदेखि २० लाखसम्मको कारोवारमा ०.३१ प्रतिशत कमिशन लाग्ने छ ।

२० लाखदेखि १ करोडसम्मको कारोवारमा ०.२७ प्रतिशत कमिशन लाग्ने छ । १ करोडभन्दा माथी जतिसुकैको कारोवारमा ०.२४ प्रतिशत कमशिन लाग्ने छ । घटेको नयाँ कमिशन दरले बजारको विकासमा सहयोग पुग्ने बताइन्छ । सोमबार मात्रै बजार २४ अंकले बढेर परिसूचक २ हजार बिन्दु नजिक पुगेको छ ।

मंगलबार, ०१ जेठ २०८१, ०७ : ५९

प्रतिक्रिया