बझाङमा एमाले र कांग्रेस उम्मेदवारबिच कडा प्रतिस्पर्धा

२ हप्ता अगाडि

 काठमाडौँ- बझाङ प्रदेश सभा सदस्यको मतगणनामा एमाले र कांग्रेस उम्मेदवारबिच कडा प्रतिस्पर्धा देखिएको छ । मत गणनाका क्रममा कहिले कांग्रेस उम्मेदवार अभिषेक सिंह र कहिले एमाले उम्मेदवार दमन भण्डारीले अग्रता लिँदा नतिजा रोचक मोडमा गएको छ । 

पछिल्लो मतगणनाअनुसार एमाले उम्मेदवार भण्डारी नौ मतले लिड गरेका छन् । भण्डारीले ९ हजार ८८९ मत ल्याउँदा कांग्रेस उम्मेदवार सिंहले ९ हजार ८८० मतसहित पछ्याउन पुगेका छन् ।  त्यस्तै माओवादीका उम्मेदवार जनक बुढाले ३ हजार ६६३ र नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २ हजार ४०५ मत पाएका छन् । अहिले सम्म जयपृथ्वी नगरपालिका, खप्तड छान्ना, छविसपाथिभेरा, थलारा र सुर्माको सबै वडाको मतगणना सकिएको छ भने मस्टा गाविसको मतगणना अन्तिम चरणमा पुगेको छ ।

२ हप्ता अगाडि

प्रतिक्रिया