रफाहमा कम्तीमा ३० जनाको मृत्यु भएको हमासको दाबी

२ हप्ता अगाडि

काठमाडौँ-  इजरायली बमबारीका कारण दक्षिणी गाजा सहर रफाहमा कम्तीमा ३० जनाको मृत्यु भएको दाबी हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले गरेको छ । गाजाको रफाह सहरमा १० लाखभन्दा बढी प्यालेस्टिनी नागरिकले शरण लिएका छन् । 

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ यता इजरायली आक्रमणमा ३४ हजारभन्दा बढी प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ । गाजामा भइरहेका युद्ध रोक्न कूटनीतिक कदम चालिएको छ । शान्ति वार्ताका लागि हमासको प्रतिनिधिमण्डल कायरोमा छन् । हमासका एक अधिकारीले इजरायलको युद्धविराम र बन्धकहरूको रिहाइको पछिल्लो प्रस्तावमा आफूलाई कुनै आपत्ति नभएको बताएका छन् । तर यो विषयमा छलफल हुने कुनै सङ्केत भने छैन । 

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन साउदी अरबमा छन् । उनले यो सम्झौता कार्यान्वयन गर्ने प्रयासबारे कुरा गर्ने बताइएको छ ।
–एजेन्सि
 

२ हप्ता अगाडि

प्रतिक्रिया