१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको एक जना पक्राउ

२ हप्ता अगाडि

 काठमाडौं - उदयपुर ३१ वर्षीय सन्तोष राई १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् ।

ललितपुरमा बालिका बलात्कार गरेर फरार भएपछि उदयपुर प्रहरीको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।  राईले १ वैशाखमा राति ९ बजेको समयमा गोदावरीस्थित एक टहरोमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेको छ । प्रहरी वृत्त चापागाउँले उनीविरुद्ध बलात्कारको कसुरमा अनुसन्धान अघि बढाएको छ ।

२ हप्ता अगाडि

प्रतिक्रिया