गाँजासहित दुई जना पक्राउ

२ हप्ता अगाडि

काठमाडौँ - निजगढ नगरपालिका- १० स्थित सडकबाट २ सय १६ किलो गाँजासहित  दुई जना पक्राउ परेका छन् । जितपुरसिमरा उपमहानगरपालिका- २ बस्ने ३२ वर्षीय आकाश लामा समेत २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । 

अस्थायी प्रहरी पोष्ट रतनपुर र इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको संयुक्त टोलीले रतनपुरबाट निजगढतर्फ जाँदै गरेको ना.५ ख ७५५२ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा गाँजा फेला परेको थियो । प्रहरीले ७ वटा बोरामा उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक लामा समेत २ जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

२ हप्ता अगाडि

प्रतिक्रिया