आगो निभाउने क्रममा दुईजना घाइते

२ हप्ता अगाडि

काठमाडौँ - ललितपुरको गोदवारी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा दुईजना घाइते भएका छन् । प्रहरीका अनुसार घाइते हुनेहरूमा शङ्कर पहरी र रमेश पहरी रहेका छन् ।

उनीहरूलाई उपचारको लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा पठाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले बताए । एसपी सुवेदीका अनुसार शङ्कर प्रहरीको अवस्था गम्भीर छ।


 

२ हप्ता अगाडि

प्रतिक्रिया