फच्र्यून रिसोर्ट एण्ड वेलनेस स्पा, भक्तपुरमा आगमन सँगै नेपालमा प्रवेश

२ हप्ता अगाडि

काठमाडौं - भारतको हस्पिटालिटी क्षेत्रमा लक्जरी ब्रान्ड मानिने आईटीसी चेन होटल नेपाल भित्रिएको छ । यसले भक्तपुरको साँगामा रिसोर्ट सञ्चालनमा ल्याएको हो।

 होटलको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गरेका छन्। नेपालमा कमल जैनको लगानीमा निर्माण गरिएको 'फरच्युन रिसोर्ट एन्ड वेलनेस स्पा' को हस्पिटालिटी व्यवस्थापन गर्न लागेको हो ।  फरच्युन रिसोर्ट एन्ड वेलनेस स्पा ३२ रोपनी क्षेत्रफलमा निर्माण गरी सञ्चालनमा ल्याउन लागिएको हो।

रिसोर्ट जग्गाबाहेक १ अर्ब रुपैयाँ लगानीमा निर्माण गरिएको हो। पहिलो चरणमा रिसोर्टमा ६७ वटा रुम सञ्चालनमा ल्याइने आईटीसी ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक सञ्जीप पुरीले जानकारी दिए।  उनका अनुसार दोस्रो चरणमा त्यसलाई बढाएर १५० वटा बनाइनेछ। फरच्युन रिसोर्ट एन्ड वेलनेस स्पा साँगा मन्दिर बनाउने कमल जैनको लगानीमा निर्माण गरिएको हो।

२ हप्ता अगाडि

प्रतिक्रिया