अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्व भर मनाइँदै

२ हप्ता अगाडि

काठमाडाै - आज बुधबार अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्व भर मनाइँदै छ । नेपालमा पनि उक्त अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।   अन्तर्राष्ट्रिय श्रमिक दिवसका यस अवसरमा नेपालमा विभिन्न मजदुर संघ संगठनहरूले विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदूर आन्दोलनको सम्झनामा आज विश्वभर श्रमिक दिवस मनाइँदैछ ।

 सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरिएको हो । विश्वका मजदूरले यो दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् । 

नेपालमा समेत मजदूर संगठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरेका छन् । नेपालमा विराटनगरमा २००७ मा मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो ।

२ हप्ता अगाडि

प्रतिक्रिया