कान्तिपुरका अध्यक्ष पक्राउ

मंगलबार, ०८ जेठ २०८१, १७ : ५१

काठमाडौँ - कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । मंगलबार उनलाई प्रहरीको टोलीले थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाटै पक्राउ गरेको हो । 

सिरोहियालाई पक्राउ गर्न काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईसहितको टोली कान्तिपुर दैनिकको कार्यालयमै पुगेका थिए । 
उनले दोहोरो नागरिकता बनाएको आरोप छ । 
 

मंगलबार, ०८ जेठ २०८१, १७ : ५१

प्रतिक्रिया