उद्योगमन्त्री भण्डारीकाे सम्पत्ति : ६ तोला सुन, १० लाख ऋण

मंगलबार, ०८ जेठ २०८१, १७ : ५७

काठमाडौं - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सम्पत्ति सार्वजनिक गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उनी काठमाडौंमा डेरामा बस्दै आएका छन् ।

सम्पत्तिको नाममा उनको बैतडीको पाटन नगरपालिका ६ मा ६ कोठे पुर्ख्यौली घर र २ रोपनी जमिन छ । मन्त्री भण्डारीले बुझाएको सम्पत्ति विवरणमा कञ्चनपुरको कृष्णपुर नगरपालिका ८ मा पनि २ कट्ठा जमिन देखिएको छ । श्रीमती कविताको नाममा ६ तोला सुन र विभिन्न बैंकमा आफ्नो र श्रीमतीको नाममा १२ लाख भन्दा बढी नगद मौज्दात रहेको मन्त्री भण्डारीले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । उनले प्रसिद्ध संगम हस्पिटल प्रालिमा ८ हजार कित्ता शेयर भएको र १० लाख रुपैयाँ ऋण रहेको विवरणमा उल्लेख गरेका छन् ।


 

मंगलबार, ०८ जेठ २०८१, १७ : ५७

प्रतिक्रिया