इलाममा विजय सभाबाट फर्कदै गरेको गाडी दुर्घटना, १७ जना घाइते

२ हप्ता अगाडि

 काठमाडाै-  नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङको विजयी सभाबाट फर्कदै गरेको पिकअप दुर्घटना हुँदा इलाममा १७ जना घाइते भएका छन् । मंगलबार इलामको चोक  बजारमा आयोजित चुनाबी सभामा सहभागी भएर फर्केको पिकअप इलाम नगरपालिका ५ बरबोटेमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि घाइते भएका मध्ये २ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय इलामका डिएस्पी प्रकाश जबेगुले जानकारी दिए ।  उनका अनुसार गम्भीर घाइतेलाई थप उपचारको लागि झापा रिफर गरिएको छ ।अन्यको जिल्ला अस्पताल इलाममा उपचार भइरहेको छ । घाइते हुनेहरुमा इलाम नगरपालिका ४ र ५ का सर्वसाधारण रहेका छन्।

२ हप्ता अगाडि

प्रतिक्रिया