सोलुखुम्बुमा डढेलोले दश घर जल्यो

२ हप्ता अगाडि

काठमाडौँ - सोलुखुम्बुमा जङ्गलको डढेलो गाउँमा सल्किँदा १० घर जलेर नष्ट भएका छन् । बुधबार भएको आगलागीबाट स्थानीयको घर र गोठ जलेर नष्ट भएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार घटनामा दर्जनौँ गोठ तथा घरपालुवा पशुचौपाया जलेर हताहत भएका छन् । थुलुङ दूधकोशी गाउँपालिका- ३ पञ्चनस्थित राष्ट्रिय वन क्षेत्रमा लागेको डढेलो हावाको बेगका कारण घरमा सल्किँदा बस्ती नै खरानी भएको हो । प्रहरीका अनुसार आगलागीबाट रु ६५ लाख बराबरको क्षति भएको छ । ज्ञानबहादुरको दुईवटा घरमा भएको रु ५० हजार नगद, नौ तोला सुन, २० तोला चाँदी, २० मुरी अन्न, एक थान मोबाइल, लत्ताकपडा, भाँडावर्तनलगायत सबै सामग्री जलेर नष्ट हुँदा सो बराबरको क्षति भएको छ ।


 

२ हप्ता अगाडि

प्रतिक्रिया