२४ वटा हराएका दुईपाङग्रे सवारी साधन भेटिए

२ हप्ता अगाडि

काठमाडौँ - विभिन्न मितिमा हराएका २४ वटा दुईपाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले आज 'विहिबार' सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले १९ वटा मोटरसाइकल र ५ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् । 

उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा पेप्सीकोला, कपन, गौशाला, बौद्ध,माछापोखरी, सीतापाइला, स्वयम्भू, जावलाखेल, इमाडोल र थलि लगायतका विभिन्न स्थानबाट ती  सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको ट्राफिक प्रहरीले जनाएको छ । 

२ हप्ता अगाडि

प्रतिक्रिया