प्रथम महिला सचिव किरणको निधन

शुक्रबार, २१ बैशाख २०८१, ०८ : ११

काठमाडौँ -नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको आज निधन भएको छ । किरणको ९४ वर्षको उमेरमा  निधन भएको हो । 

स्वर्गीय किरणको आजै पशुपति आर्यघाटमा दाहासंस्कार गरिएको उनको पारिवारिक स्रोतले जनाएको छ । किरण विसं २००५ सालमा निजामती सेवामा प्रवेश गरेकी थिइन् ।

पछि उनले निजामती कर्मचारी प्रशासनको माथिल्लो नेतृत्व सचिव पदमा पहिलो महिला सचिवको रुपमा रहेर सेवा गरेकी थिइन् ।  २०४१ सालमा सचिव बनेकी किरणले विभिन्न मन्त्रालयको सचिवका रुपमा काम गरेकी थिइन् । उनी २०४६ सालमा सेवा निवृत्त भएकी थिइन् ।  किरण शिक्षा सेवी र सामाजिक व्यक्तित्वका रुपमा समेत परिचित थिइन् । 

शुक्रबार, २१ बैशाख २०८१, ०८ : ११

प्रतिक्रिया