‘भेलु बाजे’ नामले चर्चित मीनबहादुरको निधन

शुक्रबार, २१ बैशाख २०८१, ०८ : १९

काठमाडौँ-‘भेलु बाजे’ नामले चर्चित प्यूठान नगरपालिका–४ का मीनबहादुर बुढामगरको निधन भएको छ । 

शरीर सुन्निने, हातका छाला उप्किने, हात गोडा काम्नेलगायतको समस्या रहेका बुढामगरको उपचारको क्रममा बिहीबार साँझ जिल्ला अस्पताल प्यूठानमा मृत्यु भएको हो । अत्यधिक मदिरा सेवनका कारण कमजोर बनेका उनको शरीर सुन्निने, हातका छाला उप्किने, हात गोडा काम्नेलगायतका समस्या थिए । 

६१ वर्षीय बुढामगरले ‘ओख्खो’, ‘बेल्कुल’ र ‘अनुरोध गरेको छु’ जस्ता थेगोले सामाजिक सञ्जालका माध्यमबाट ‘भाइरल’ थिए । 
 लोकप्रिय बन्दै गएपछि उनले केही हास्यटेलिशृंखलामा अभिनय र गीत गाउने समेत अवसर पाएका थिए । 

शुक्रबार, २१ बैशाख २०८१, ०८ : १९

प्रतिक्रिया