गोरखा प्रशासन सार्वजनिक बिदामा पनि सेवा प्रवाह

शुक्रबार, २१ बैशाख २०८१, १२ : ४९

काठमाडौँ - जिल्ला प्रशासन कार्यालय गोरखाले सार्वजनिक बिदाको दिनमा पनि सेवा प्रवाह गर्ने भएको  छ । 

प्रमुख जिल्ला अधिकारी भोला दाहालले हस्ताक्षर गरी जारी गरेको सुचनमा नेपाल सरकार गृह मन्त्रालय सिहंदरबार काठमाडौंको मिति २०८०–१०–२१ मा निकालिएको विशेष सूचनाको आधारमा सार्वजानिक सेवा प्रवाह समबन्धमा व्यवस्था भए बमोजिम २०८१ वैशाख १ गतेदेखि चैत मसान्तसम्म सार्वजनिक बिदा तथा पर्वहरुमा सेवा प्रवाह हुने व्यहोरा सबैमा जानकारीको लागि अनुरोध गरिएको छ ।  सार्वजनिक बिदाको दिनमा नागरिकता, राहादानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवाहरु प्रवाह हुने प्रमुख जिल्ला अधिकारीले बताए ।
 

शुक्रबार, २१ बैशाख २०८१, १२ : ४९

प्रतिक्रिया