चौधरी ग्रुपद्वारा सञ्चालित सी. जी फुड्स पार्कमा अज्ञात समूहद्वारा आक्रमण

२ हप्ता अगाडि

काठमाडाैँ - चौधरी ग्रुपद्वारा सञ्चालित सी। जी। फुड्स पार्क, भैंसेपाटीमा आज अपरान्ह अज्ञात समूहद्वारा आक्रमण गरिएको छ । दिउँसो ३ बजेतिर बा ४ ख १०८५ नम्बरको बसमा आएको नियोजित जत्थाले फुड्स पार्कमा कार्यरत पुरूष र महिला कर्मचारीमाथि पनि हातपात गर्नुका साथै भौतिक सम्पत्तीमाथि तोडफोड गरेको हो ।

फुड्स पार्कमा आउनासाथ उनीहरूले ‘नेपाल सरकार मुर्दावाद’ जस्ता नारा लगाउदै चौधरी ग्रुपका व्यवस्थापकहरूप्रति अभद्र एवं असभ्य व्यवहारहरू प्रदर्शन गरेका थिए । पार्कमा कार्यरत महिला कर्मचारीमाथि समेत हातपात हुन थालेपछि फुड्स पार्कमा कार्यरत महिला कर्मचारीहरू प्रतिकारमा उत्रिए जसका कारण आक्रमणकारीहरू त्यहाँबाट पछि हटेका थिए । त्यसलगत्तै भैंसेपाटी प्रहरीले आक्रमण गर्न आएका मानिसहरुलाई गिरफ्तार गरेको जनाएको छ ।

सीजी ग्रुपले घटनाको विरोध गर्दै  विज्ञप्तिमा ,’देशको प्रमुख औद्योगिक घराना चौधरी ग्रुपद्वारा सञ्चालित उद्योगमाथि दिनदाहाडै भएको उक्त आक्रमण अत्यन्तै निन्दनीय छ । यस घटनाको हामी भर्त्सना गर्दछौँ । यस घटनाले देशको औद्योगिक वातावरणलाई अत्यन्तै नराम्रो असर पुऱ्याउन सक्नेतर्फ सचेत रहन हामी सम्वन्धित सबै निकायको ध्यानाकर्षण गराउँदछौं ।’

सिजी ग्रुपले घटनामा संलग्न व्यक्तिहरूमाथि कानूनी कारबाहि गर्न नेपाल सरकारसमक्ष अनुरोध समेत गरेको छ । साथै, भविष्यमा यस्ता घटना घट्न नदिन एवं औद्योगिक वातावरण कायम राख्नका लागि तत्काल पहल गर्न पनि हामी सम्वन्धित सबै निकायको गम्भिर ध्यानाकर्षण गराएको छ ।

IMG-20240504-WA0000

२ हप्ता अगाडि

प्रतिक्रिया