अनामनगरमा बिजुलीको पोलमा आगलागी

२ हप्ता अगाडि

काठमाडौं - काठमाडौंको अनामगरमा रहेको कुमारी मन्दिरनजिकै विजुलीको पोलमा विजुली सट भएर आगलागी भएको छ ।

आगलागी हुँदा सो क्षेत्रको इन्टरनेटसमेत अवरुद्ध भएको छ । आगलागी नियन्त्रणको लागि दमकल परिचालन गरिएको थियो । अहिले आगलागी नियन्त्रणमा आएको छ । तर, इन्टरनेट सेवा सुचारु हुन भने समय लाग्ने बताईएको छ ।

२ हप्ता अगाडि

प्रतिक्रिया