धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी–बराहक्षेत्र र पाथीभरा जोडिने

१ हप्ता अगाडि

खोटाङ - खोटाङ कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने  बताएका छन्  ।  त्रिधार्मिकस्थल हलेसीमा शनिबार हवनकुण्ड शिलान्यास गरेपछि उहाँले प्रदेशका तीन धार्मिकस्थललाई जोड्ने योजनालाई प्रदेश सरकारले प्राथमिकतामा राखेको जानकारी  दिए ।

मुख्यमन्त्री कार्कीले हलेसी, सुनसरीको बराहक्षेत्र र ताप्लेजुङको पाथीभरालाई जोड्नुपर्ने बताउँदै केबुलकार र जल यातायातका माध्यमबाट त्यसो गर्न सकिने बताए । । उनले पर्यटन पूर्वाधार निर्माणका आधारभूत संरचना निर्माण गर्न  वडा र पालिका अग्रसर हुनुपर्ने बताए । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷८१ मा विनियोजन गरेकोरु एक करोड ४४ लाख ८४ हजार चार सय ९० लगानीमा हलेसीमा हवन कुण्ड बन्दैछ । आगामी असार १६ गतेसम्ममा सम्पन्न गर्नेगरी काम सुरु भएको हो ।

शिलान्यासपछि खोटाङ प्रदेशसभा  १०का सदस्य पाँचकर्ण राईले हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी क्षेत्रको विकासका लागि  सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको बताए ।

हलेसी आउने दर्शनार्थीको सुविधाका निम्ति  मन्दिर परिसरमा नेपाल आयल निगम र हलेसी तुवाचुङ नगरपालिकाको लगानीमा  अतिथिगृह निर्माणाधीन छ ।  निगमबाट रु दुई करोड प्राप्त भएपछि नगरपालिकाले आव २०७९÷८० मा रु दुई करोड ९६ लाख बजेट विनियोजन गरिएको थियो । 

१ हप्ता अगाडि

प्रतिक्रिया