काठमाडौं महानगरले अग्नि प्रभावित  दुई गाउँपालिकालाई राहत सहयोग गर्ने

१ हप्ता अगाडि

काठमाडौं- काठमाडौं महानगरपालिकाले अग्नि प्रभावित दाङ र गुल्मीका दुई गाउँपालिकालाई राहत सहयोग गर्ने भएको छ।

दाङको राजपुर गाउँपालिका र गुल्मीको इस्मा गाउँपालिकाका अग्नि प्रभावितलाई १०/१० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिएका छन्।

'आगलागीबाट घर, गोठ, पशुचौपाया र धन सम्पत्ति क्षति बेहोरेका पीडितका लागि उक्त रकम सहयोग गर्ने महानगर विपद् व्यवस्थापन समितिले निर्णय गरेको हो, रकम महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट पठाइने छु उनले भने। दाङको राजपुर गाउँपालिका-७ स्थित हाटबास क्षेत्रमा यही बैशाख १६ गते आगलागी हुँदा २५ वटा घर र ३५ वटा गोठ जलेर नष्ट भएका थिए। साथै बैशाख ८ र ९ गुल्मीको इस्मा गाउँपालिकाका विभिन्न स्थानमा आगलागी हुँदा २८ वटा घर र ५१ वटा गोठ जलेर नष्ट भएको जनाइएको छ। 

१ हप्ता अगाडि

प्रतिक्रिया