ग्वार्कोमा आगलागी

१ हप्ता अगाडि

काठमाडौँ - ललितपुरको ग्वार्कोमा आज आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका छन् । मोबिल राखिएको टहरोमा आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका हुन् । 

घाइते हुनेमा सञ्जय गिरी उनकी श्रीमती रूपासहित १५ वर्षीय छोरा नित, ८ वर्षीया छोरी प्रिया र तीन वर्षीया छोरी एलिसा छन् । किस्ट अस्पतालमा उनीहरूको उपचार भइरहेको छ । घाइतेमध्ये तीन बालबालिकाको अवस्था गम्भीर रहेको प्रहरी परिसर ललितपुरका एसपीले जानकारी दिए । आगो नियन्त्रणमा आइसकेको छ । 

१ हप्ता अगाडि

प्रतिक्रिया