नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी

१ हप्ता अगाडि

काठमाडौँ - नेपालगञ्ज नाकाबाट नौ महिनामा ७० करोडभन्दा बढी मूल्यको जडिबुटी निकासी भएको छ। चालु आवको साउनदेखि चैतसम्म नौ महिनाको अवधिमा रु ७० करोडको जडिबुटी निकासी भएको नेपाल जडिबुटी व्यवसायी सङ्घले जनाएको छ। 

नेपाली जडिबुटीप्रति भारतको झन्झटिलो प्रक्रिया र नेपाल सरकारको अस्पष्ट नीतिका कारण जडिबुटी निकासी हरेक वर्ष घट्दै गएको छ । नेपालगञ्ज भन्सार कार्यालयका अनुसार चालु आव २०८०\८१ को चैत मसान्तसम्म नेपालगन्ज नाकाबाट रु ७० करोड ६२ लाख ३५ हजार मूल्य बराबरको २८ लाख पाँच हजार आठ सय ३९ किलोग्राम विभिन्न जडिबुटी निकासी भएको हो। गत आव २०७९र८० को चैत मसान्तसम्म यो नाकाबाट रु ७० करोड ९६ लाख १० हजार मूल्यको जडिबुटी निकासी भएको थियो। यो नाकाबाट टिम्मुर, रिठा र काउलो सबैभन्दा बढी निकासी भइरहेको छ।
 

१ हप्ता अगाडि

प्रतिक्रिया