एक कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत

१ हप्ता अगाडि

काठमाडौँ - हिमालयन रिइन्स्योरेन्स लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । आर्थिक वर्ष २०७९\८० का लागि बैंकले दिएको ४ प्रतिशत बोनस सेयर आज नेप्सेमा लिस्टिङ भएको हो ।

कम्पनीको थप ४० लाख कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री योग्य हुनेछ । कम्पनीले ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद गरि कुल ४.२१ प्रतिशत लाभांश वितरण गरेको थियो । बोनस पछी कम्पनीको चुक्ता पुँजी १० अर्ब ४० करोड रुपैयाँ पुगेको छ । उक्त कम्पनीको आज प्रतिकित्ता ५९२.५ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

१ हप्ता अगाडि

प्रतिक्रिया