अछाममा १२ का विद्यार्थीले पुरानै प्रश्न पत्रबाट परीक्षा दिए

१ हप्ता अगाडि

काठमाडौँ - अछामको साँफेबगर नगरपालिका- १ कालीमाटीस्थित सूर्यचन्द्र मावि परीक्षा केन्द्रमा कक्षा १२ का विद्यार्थीहरूले पुरानै प्रश्न पत्रबाट परीक्षा दिएको पाइएको छ । २०८१ सालको प्रश्नपत्र दिनुपर्नेमा २०८० सालको पुरानै प्रश्न पत्रबाट विद्यार्थीहरूले परीक्षा दिएका हुन् । 

परीक्षा दिएर बाहिर निस्केपछि मात्रै विद्यार्थीहरूले पुरानो प्रश्न पत्र नै दिएकोबारे जानकारी पाएका थिए । ९७ जना नियमित र ७ जना आंशिक तर्फका गरी १०४ जना विद्यार्थीले आज ‘३०४१–एच’ विषय कोड रहेको अर्थशास्त्र विषयको परीक्षा दिएका थिए । परीक्षा दिएर बाहिरिएपछि विद्यार्थीले पुरानो प्रश्न पत्रबाट परीक्षा दिएको जानकारी पाएका थिए । त्यसपछि विद्यार्थीहरूले केन्द्राध्यक्ष तथा विद्यालयका प्रधानाध्यापक देवेन्द्रबहादर शाहलाई जानकारी गराएका थिए । 

पुरानो प्रश्न पत्रबाट परीक्षा दिने सबै विद्यार्थीको परीक्षा रद्द गरिएको छ । उनीहरूलाई अब अर्को मितिमा अर्को परीक्षा हुनेछ ।  परीक्षा २०८१ मा भइरहेको तर, विद्यालयको लापरबाहीका कारण २०८० सालको पुरानो प्रश्न पत्र प्रिन्ट गरेर परीक्षामा सहभागी परीक्षार्थीलाई वितरण गरिएको थियो । 

2


 

१ हप्ता अगाडि

प्रतिक्रिया