महान्यायाधिवक्ता पोखरेल दिल्लीमा

१ हप्ता अगाडि

काठमाडौं – नेपाल सरकारका कानुनी सल्लाहकार समेत रहेका महान्यायाधिवक्ता डा. दिनमणि पोखरेल भारत भ्रमणमा  गएका छन् । 

नयाँ दिल्लीमा आजदेखि शुरु हुने युएनओडिसीको दक्षिण एसिया क्षेत्रीय उच्चस्तरीय कार्यक्रममा सहभागी हुन उनी आज बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् । महान्यायाधिवक्ता पोखरेल भिस्तारा एयरलाइन्सको युके(१५८ उडानमा  बिहान पौने १२ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट त्यता उडेको बताइएको छ ।

महान्यायधिवक्ता डा. पोखरेल सोही एयरलाइन्सको उडानबाट बुधबार दिनको २ बजे काठमाडौँ फर्कने कार्यक्रम छ ।

१ हप्ता अगाडि

प्रतिक्रिया