पोखरा उडान नियमित

१ हप्ता अगाडि

काठमाडौँ - विगत ११ दिनदेखि प्रभावित भएको पोखराका उडानहरू आज (सोमबार) बिहानबाट नियमित भएको छ । गत राति पानी परेर मौसममा सुधार आएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुलेको हो। 

धूलो र धुँवाको कारण उडानका लागि आवश्यक भिजिबिलिटी नहुँदा उडानहरू अवरूद्ध भएका थिए । दैनिक हजारौँ यात्रुहरू आवतजावत हुने पर्यटकीय गन्तव्य पोखराको उडानहरू रद्द हुँदा विमानस्थलमा स्वदेशी तथा विदेशी यात्रु अलपत्र परेका थिए।
 
 

१ हप्ता अगाडि

प्रतिक्रिया