रास्वपाको आगामी बजेट अधिवेशनको  तयारी गर्न संसदीय दलको बैठक बस्दै

१ हप्ता अगाडि

 काठमाडाैँ- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक मंगलबार बस्दैछ। संसद्को बर्खे अधिवेशन यही वैशाख २८ गतेबाट प्रारम्भ हुँदैछ।

आगामी बजेट अधिवेशन र सरकारको नीति कार्यक्रमबारे बैठकमा  संसदीय कामकारबाहीबारे पनि छलफल हुने तयारी रहेको छ । संसदीय दलको बैठकमा इलाम—२ को उपनिर्वाचनको पनि समीक्षा हुनेछ। वैशाख १५ गते भएको उपनिर्वाचनमा रास्वपा चौथो भएको थियो। नेकपा एमाले का उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार ७७२ मत ल्याएर निर्वाचित हुँदा रास्वपाका उम्मेदवार मिलन योङहाङ लिम्बू चौथो भएको थिए। उनले ५ हजार ५० मत प्राप्त गरेका थिए।नेपाली काग्रेसले सहकारीको विषयमा छानविन समिति बनाउनुपर्ने माग राख्दै आएको छ ।


 

१ हप्ता अगाडि

प्रतिक्रिया