काठमाडौँ - सानिमा बैंकले संस्थापक सेयर सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ४९ हजार ५० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
यस सेयरमा आवेदन दिन चाहने इच्छुकले अबको ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रीय कार्यालय, नारायणचौर नाक्साल, काठमाडौँमा आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ । तोकिएको समयमा संस्थापक सेयरधनीबाट आवेदन परेन भने अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिनेछ ।
प्रतिक्रिया