सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सातौं साधारण सभा बस्दै

१ हप्ता अगाडि

काठमाडाैँ- सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौं वार्षिक साधारण सभा आउदो जेठ ९ गते बस्ने भएको छ । सभा काठमाडौंको कालिकास्थानस्थित अमृतभोग केटरर्स प्रा.लि.मा विहानको १० बजेदेखि सुरु हुनेछ । कम्पनीको वैशाख १६ गते बसेको संचालक समितिको बैठकले यो निर्णय गरेको हो ।

सभाले गत आवको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी तीन अर्ब २० करोड रुपैयाँको २३.८० प्रतिशत बोनस शेयर र १.२५२६ प्रतिशत नगद लाभांश ९कर प्रयोजनार्थ० वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बोनस शेयर जारीपछि चुक्ता पूँजी तीन अर्ब ९६ करोड १६ लाख रुपैयाँ कामय हुने र नपुग पूँजी कायम गर्न २७ प्रतिशत १ः०.२७० को अनुपातमा हकप्रद जारी गर्ने र तत् पश्चात् अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गर्न स्वीकृती प्रदान गर्ने प्रस्ताव पारित हुनेछ ।

गत आवको वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालु आवका लागि लेखा परीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने एक जना संचालक निर्वाचन गर्ने र प्रबन्धपत्र तथा नियमाली संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने एजेण्डा रहेका छन् ।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले वैशाख २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । वैशाख २६ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र पारित लाभांश पाउन योग्य हुनेछन् ।

१ हप्ता अगाडि

प्रतिक्रिया