हजारको नक्कली नोटसहित महिला पक्राउ

१ हप्ता अगाडि

काठमाडौँ - जाजरकोटको छेडागाड नगरपालिका- ५ थलह बजारबाट नेपाली एक हजार दरका १८ थान नक्कली नोटसहित सोमबार बिहान एक महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा सोही नगरपालिका- १० काफ्ला बस्ने ३२ वर्षीया बिपना बुढा हुन् । इलाका प्रहरी कार्यालय बडाबनबाट खटिएको प्रहरीले उनलाई साथमा राखेको उक्त नोटसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
 

१ हप्ता अगाडि

प्रतिक्रिया