तुलसीपुरका व्यापारीहरु प्यानल सहित चुनावी मैदानमा

१ हप्ता अगाडि

काठमाडौं – वामपन्थी पक्षधर र नेपाली कांग्रेस सम्ब्द्ध व्यवसायीहरु अलग अलग प्यानल बनाएर तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचनका लागि चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचनको लागि दुवै प्यानलको उम्मेदवारी दर्ता भएको छ ।

साझा व्यावसायिक प्यानलबाट ललितजंग शाहको नेतृत्वमा एउटा प्यानल दर्ता भएको छ भने नेपाली कांग्रेस निकट प्रजातन्त्रवादीको तर्फबाट विनिल केसीको नेतृत्वमा अर्को प्यानल दर्ता भएको छ । शाह नेतृत्वको साझा प्यानलबाट उपाध्यक्ष .खुला) मा डिल्लीबहादुर वली, उपाध्यक्ष (वाणिज्य) मा नरेशकुमार राजभण्डारी, उपाध्यक्ष (उद्योग) मा विश्व बस्नेत, कोषाध्यक्षमा शेषकान्त ढकाल, महासचिवमा नरेन्द्रकुमार डाँ‘गी, सचिवमा भुपाल रावत, सहकोषाध्यक्षमा किशोरकुमार वली रहेका छन् । त्यसैगरी सदस्यहरुमा भीमबहादुर खत्री, शारदा बस्नेत, मीना रावत, मनोजकुमार गुप्ता, कृष्णबहादुर पुन, सुरेश नेपाली र टोपबहादुर महतरा छन् ।

यसैगरी केसी नेतृत्वको प्यानलबाट उपाध्यक्ष (खुला) मा देवबहादुर केसी, उपाध्यक्ष (वाणिज्य) मा खुशलराम शर्मा, उपाध्यक्ष (उद्योग) मा हेमेन्द्र खड्का, महासचिवमा केशवराज केसी, कोषाध्यक्षमा रुपेश शर्मा, सचिवमा नवीन राई, सहकोषाध्यक्षमा दिपेश भण्डारी रहेका छन् । यस्तै सदस्यहरुमा सन्दीप रिजाल, कोमल डिसी, तीर्थबहादुर डाँगी, माधव बस्नेत, निलम बस्नेत, कल्पना विष्ट, चिन्तामणि आचार्य, शैलेन्द्र बुढाथोकी, सुवास अधिकारी र चन्दन वली रहेका छन् । वैशाख २९ गते हुने वाणिज्य संघको निर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता गरिएको छ ।

१ हप्ता अगाडि

प्रतिक्रिया