सेयर बजारमा सामान्य सुधार

१ हप्ता अगाडि

काठमाडौं - साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार आएको छ । मंगलबार बजार २.०६ अंकले बढेर १९६० को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको आज ३१४ कम्पनीको ५० लाख ६४ हजार ३८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब १४ करोड ५ लाख २ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा सुधार आउँदा नौ वटा उपसूचकमा राताम्मै भएको छ । 
 

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सकारात्मक सर्किट लागेका कम्पनीहरु 

आज  हिमालयन लघुवित्तको सेयर मूल्यमा सकरात्मक सर्किट लाएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९.९९ प्रतिशतले बढेको हो । त्यसैगरी, इन्फिनिटी लघुवित्तको ८.४७ प्रतिशत, समता लघुवित्तको ७.४६ प्रतिशत सबैको लघुवित्तको ७.०४ प्रतिशत, एनआइसी एशिया ग्रोथ फण्डको ६.८७ प्रतिशतले सेयर मूल्य बढेको छ ।


सर्वाधिक सेयर कारोबार

आज सबैभन्दा बढी पोखरा फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको ८ करोड ३२ लाख २३ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको आरएसडिसी लघुवित्तको ६ करोड ५७ लाख ४६ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको हो । त्यस्तै उक्त दिन हिमालयन लघुवित्तको ५ करोड १७ लाख ९८ हजार रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको ४ करोड ३० लाख १६ हजार रुपैयाँ र नेपाल फाइनान्सको ४ करोड २७ लाख ६ हजार रुपैयाँको कारोबार भएको छ ।

१ हप्ता अगाडि

प्रतिक्रिया