प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर विक्रीमा

१ हप्ता अगाडि

काठमाडौँ - प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १ लाख ९० हजार ७०० कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहृरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । 

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिूय कार्यालय कमलादी, काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी समेत कम्पनीले दिएको छ । कम्पनीले सनराईज होल्डङ्ग प्रालिको नाममा रहेको उक्त शेयर विक्री गर्न लागेको हो ।
 

१ हप्ता अगाडि

प्रतिक्रिया