एक कम्पनीलाई आईपीओ निश्कासन गर्न स्विकृति

१ हप्ता अगाडि

काठमाडौं - विद्युत नियमन आयोगले सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडलाई आईपीओ निष्काशनको लागि पूर्व स्विकृति प्रदान गरेको छ । कम्पनीले १३ लाख ७९ हजार ३५० कित्ता बराबरको १३ करोड ७९ लाख ३५ हजार रुपैंया बराबरको आईपीओ निष्काशन गर्ने भएको हो । 

आईपीओको लागि कम्पनी र कुमारी क्यापिटल बिच सम्झौता सम्पन्न भई कार्य अघि बढीसकेको छ । शेयरको प्रत्याभूतिको कार्य नेपाल एस.वि.आई क्यापिटलबाट हुनेछ । कम्पनीले ११ मे.वा क्षमताको माथिल्लो तादी जलविद्युत आयोजनाको निर्माण कार्य गरि रहेको छ । कुमारी बैंक लिमिटेडको अगुवाईमा नेपाल एस.वि.आई बैंक सँगको सहवित्तिय कर्जाबाट आयोजनाको निर्माण कार्य भईरहेको छ । आयोजनाको करिव ७० प्रतिशत कार्य सम्पन्न भएको छ । नुवाकोटको दुप्चेश्वर गाऊँपालिकामा तादि खोलामा यो आयोजनाको निर्माण कार्य भईहरेको छ ।

कम्पनीमा अपि पावर कम्पनी लिमिटेडको बहुमत शेयर लगानी रहेको र आयोजना निर्माण पश्चात अपि पावर कम्पनीका शेयरधनिहरुलाई थप मुनाफा दिने कम्पनीका कार्यकारी संचालक संजिव न्यौपानेले बताए । यस आयोजनाको निर्माण कार्य २०८१ साल माघ महिना भरिमा सम्पन्न गर्न कम्पनी लागि परेको समेत न्यौपानेले बताए । आयोजनाबाट उत्पादित विद्युत शक्ति ८ किलोमिटर लामो ३३ के।भि ट्रान्सिमिसन लाईनबाट ने।वि।प्राको समुन्द्रटार सवस्टेशनमा जडान गरि काठमाडौंको लागि भरपर्दो विद्युत प्रदान गरिनेछ । 

१ हप्ता अगाडि

प्रतिक्रिया