अरुण भ्याली हाइड्रोको अवितरित हकप्रद सेयर बाँडफाँड

१ हप्ता अगाडि

काठमाडौँ - अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले जारी गरेको हकप्रद सेयरमध्ये आवेदन नपरेका कित्ताका लागि माग गरिएका सिलबन्द बोलपत्रहरु खोली आज सेयर बाँडफाँड भएको छ ।

बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आज काठमाडौंको नक्सालस्थित क्यापिटलकै कार्यालयमा ८ बजेदेखि सिलबन्द बोलपत्रहरु खोल्ने कार्यक्रम गरेको थियो । क्यापिटलका अनुसार कटअफ प्राइस १४४ रुपैयाँ कायम भएको छ । अवितरित हकप्रदमा सिलबन्द बोलपत्रमार्फत वैशाख १० गतेदेखि वैशाख २४ गतेसम्म आवेदन संकलन गरिएको थियो । अरुण भ्याली हाइड्रोले १स्१ अनुपातमा फागुन १७ गतेदेखी चैत ७ गतेसम्म कुल १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर निष्कासन गरेकोमा रितपूर्वक आवेदन परेका १ करोड ६६ लाख ८७ हजार ४९२ कित्ता हकप्रद सेयर बाँडफाँड गरेको थियो । बाकिँ १९ लाख ९२ हजार एक सय ३४ कित्ता सेयर लिलाम बढाबढ मार्फत बिक्री भएको हो ।
 

१ हप्ता अगाडि

प्रतिक्रिया