यातायात कार्यालय धनगढीद्धारा ५१ करोड राजश्व संकलन

१ हप्ता अगाडि

काठमाडौँ - यातायात व्यवस्था कार्यालय धनगढीले  चालु आब २०८०\८१ को हालसम्म विभिन्न राजश्व शीर्षकबाट ५१ करोड ७८ लाख ७७ हजार तीन सय ९१ राजश्व संकलन गरेको छ  । 

यातायात व्यवस्था कार्यालय धनगढीका निमित्त कार्यालय प्रमुखका अनुसार कार्यालयले सवारी साधन करबाट सबैभन्दा बढी ४० करोड २८ लाख ५२ हजार एक सय ७३ राजश्व संकलन गरेको छ । सबैभन्दा कम अन्य प्रशासनिक सेवा शुल्कबाट १९ हजार नौ सय राजश्व संकलन गरेको छ । 

चालक अनुमति पत्र, सवारी दर्ता किताब सम्बन्धी दस्तुरबाट १० करोड ६० लाख ७२ हजार नौ सय आठ, बाटो इजाजत, प्रदूषण र जाँचपासबाट ८३ लाख ५७ हजार ८५ र व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट ४५ लाख छ हजार पाँच सय २५ राजश्व संकलन गरेको छ ।  चालु आवमा कार्यालयको बेरुजु रकम एक लाख १८ हजार आठ सय रहेको कार्यालयका  प्रमुखले बताए। 

१ हप्ता अगाडि

प्रतिक्रिया