बाल मन्दिरको जग्गा विवाद सीआईबीमा

१ हप्ता अगाडि

काठमाडौँ - नक्साल स्थित नेपाल बाल संगठनको जग्गा विवादबारे सीआईबीमा जाहेरी दर्ता भएको छ । जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरिएको सीआईबीका सूचना अधिकारी एसपीले बताए ।

बाल संगठनका तत्कालीन पदाधिकारीले मिलेमतोमा व्यापारिक घरानासँग मिलेर भाडा सम्झौता गरेर बाल मन्दिरलाई नोक्सानी गरेको आरोप छ । बाल मन्दिरलाई हानी हुने गरी भाडा सम्झौता गरेर ठगी गरेको आरोपमा सीआईबीले अनुसन्धान थालेको छ । प्रहरीले बाल मन्दिरका पदाधिकारीहरू विरुद्ध अदालतबाट पक्राउ अनुमति पनि लिएको छ ।

१ हप्ता अगाडि

प्रतिक्रिया