सेयर बजारमा ५ अंकको वृद्धि

१ हप्ता अगाडि

काठमाडौं - साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार आएको छ । बिहीबार बजार ५.६३ अंकले बढेर १९६६ को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको आज ३१३ कम्पनीको ७० लाख ५८ हजार ३९९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १२ करोड १२ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा सुधार आउँदा १० वटा उपसूचकमा हरियाली छाएको छ ।

सेयर बजारमा ५ अंकको वृद्धि

सर्वाधिक सेयर कारोबार

आज सबैभन्दा बढी नेपाल फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १६ करोड ९७ लाख १६ हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सोल्टी होटलको १४ करोड ४७ लाख ९२ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै उक्त दिन फस्र्ट माइक्रोफाइनान्स लघुवित्तको ९ करोड ६६ लाख ४२ हजार रुपैयाँ, पोखरा फाइनान्सको ९ करोड ५९ लाख ९५ हजार रुपैयाँ र हिमालयन डिस्टीलरीको ७ करोड ३१ लाख ८२ हजार रुपैयाँको कारोबार भएको हो ।

 

१ हप्ता अगाडि

प्रतिक्रिया