विदेश पठाउँछु भनेर ठगेको आरोपमा एक जना पक्राउ

१ हप्ता अगाडि

काठमाडौँ - विदेश पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका-२ घर भएर टोखा बस्ने ३१ वर्षीय असिम नगरकोटी छन् ।

आकर्षक तलब पाइने लोभ देखाएर उनले बेरोजगार युवायुवतीहरुलाई विदेश पठाउने नाममा ठगी गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले बताए ।  उनलाई ठमेलबाट पक्राउ गरेर प्रहरीले वैदेशिक रोजगार विभागमा बुझाएको छ ।
 

१ हप्ता अगाडि

प्रतिक्रिया