पोखराबाट सामूहिक बलात्कार आरोपमा ३ जना पक्राउ

१ हप्ता अगाडि

काठमाडौँ - पोखराबाट सामूहिक बलात्कार आरोपमा ३ जना पक्राउ परेका छन् ।  मादी गाउँपालिका ९ का ३६ वर्षीय चन्द्रबहादुर थापा, पोखरा १२ का ३८ वर्षीय कृष्ण रानाभाट र सोही ठाउँका २९ वर्षीय विनोद परियारलाई गत २४ गते अमरसिंह चोकबाट पक्राउ  गरिएको हो ।

उनीहरुले खाजा खान जाम भनि बसमा लगेर बलात्कार गरेका प्रहरी अनुसन्धानबाट खुलेको छ । खाजा खान जाम भनी ललाई फकाई खेलकुद मैदानमा पार्किङ गरी राखेको बस भित्र लगी बियर समेत सेवन गर्न लगाएको भेटियो, कास्की प्रहरी डीएसपीले भने, त्यसपछि पालैपालो जबरजस्ती करणी गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । तीनै जनालाई जिल्ला अदालतबाट जबरजस्ती करणी (सामूहिक) मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको डीएसपीले बताए । लामो समय गाडीको ढोका बन्द रहेको र सीआरभीले खोल्दा आपत्तिजनक अवस्थामा भेटियो, उनले भने, महिला काठमाडौँबाट आएको भन्ने छ । घटनाबारे प्रस्ट हुन बाँकी छ ।
 

१ हप्ता अगाडि

प्रतिक्रिया